काठमाडौं – सुनसरी । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी– ४ बाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताएर पठाइदिन आग्रह गरेका छन्।


ADVERTISEMENT


मंगलबार सोही क्षेत्रको जमुवामा कार्यकर्ता भेट गर्दै सभापति थापाले भने, भोलिको संसदमा कांग्रेसभित्र सबैलाई मिलाएर लैजाने बेला मलाई अनुभवी र अत्यन्त सकारात्मक सोच भएको नेता चाहिन्छ, मेरो लागि भएपनि संसदमा मलाई ज्ञानेन्द्र दाइ चाहिएको छ।’ उनलेले पार्टीलाई विभाजनबाट रोक्नका लागि ठूलो साथ दिएको भन्दै सुनसरी– ४ बाट कार्कीलाई जिताउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘पार्टीलाई एकढिक्का राख्नेक्रममा मलाई अत्यन्त ठूलो साथ दिनुभएका अनुभवी, परिपक्व अनि सबैलाई मिलाएर लैजानुपर्छ भनेर लाग्नुभएका नेता ज्ञानेन्द्र कार्कीको रह्यो,’।