काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ देश चलाउन संस्कार बोकेको पार्टीको आवश्यकता रहेको बताएका छन् ।
सोमबार सत्यवचन मार्ग दर्शन सामाजिक संस्था इन्द्रसरोवर गाउपालिका वडा न १ द्वारा आयोजित सभ्य समाज निर्माण गर्नको लागि व्यक्तित्व बिकास तथा सकारात्मक सोचको वृद्धि सम्बन्धि तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
उनले सत्यको बाटोमा हिंड्नुपर्ने र संस्कार बोकेको पार्टीलाई मतदान गर्नुपर्ने बताए । त्यस्तो पाटी नेपालमा नेपाली काँग्रेसमा मात्रै रहेको उनको जिकिर थियो । ‘यहाँ देश चलाउनलाई संस्कार बोकेको पार्टीको आवश्यकता छ।’ उनले भने, ‘देश संस्कार बोकेको पार्टीले चलाउने कि देशमा संस्कार मेटाएर देश जलाउनेको बीचको लडाई हो अहिलेको त्यसकारण हामी जहिले पनि सत्यको बाटोमा हिँड्नुपर्छ संस्कार भोट बोकेको पार्टीलाई जिताउनुपर्छ ।’
नेपाली काँग्रेसले सहीदहरुको सपनालाई साकार पार्ने र जनताका आकांक्षालाई पूरा गर्ने भएकाले आगामी निर्वाचनमा जनताको रोजाईमा काँग्रेस नै पर्ने बताए ।


























































