काठमाडौँ – भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।


ADVERTISEMENT


भारतको मुम्बईस्थित वांखेडे स्टेडियममा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुँदैछ । नेपाली टोलीमा आज एउटा परिवर्तन गरिएको छ । करण केसीको स्थानमा सन्दीप जोराले मौका पाएका छन् ।


ADVERTISEMENT

# # #


नेपालको प्लेइङ-११ :
कुशल भुर्तेल, आशिफ शेख (विकेटकिपर), रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुल्शन झा, सन्दीप जोरा, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछाने ।

समूह ‘सी’मा रहेका नेपाल र स्कटल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिएका छन् । नेपालले पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ४ रनले हारेको थियो । तर, दोस्रो र तेस्रो खेलमा खराब प्रदर्शन गर्दै इटाली र वेष्टइण्डिजसँग क्रमशः १० र ९ विकेटले हारेको थियो ।

यता स्कटल्याण्ड पहिलो खेलमा वेष्ट इण्डिजसँग ३५ रनले हारेको थियो भने दोस्रो खेलमा इटालीलाई ७३ रनले हराएको थियो । तेस्रो खेलमा भने स्कटल्याण्ड इंग्ल्याण्डसँग ५ विकेटले हारेको थियो ।

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।