काठमाडौं – महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजनमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


ADVERTISEMENT


प्रहरीका अनुसार जिल्ला मकवानपुर ठुलदमार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरिएको हो।


ADVERTISEMENT

# # #


उनले शिवरात्रिका अवसरमा मन्दिर दर्शनका लागि आएका भक्तजनहरूसँग दुर्व्यवहार गर्नुका साथै ड्युटीमा खटिएका राष्ट्रसेवक प्रहरी कर्मचारीको कर्तव्य पालनामा अवरोध गरेको आरोप लागेको प्रहरीले जनाएको छ। घटनापछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।