काठमाडौँ – नेकपा एमालेका जनवर्गीय संगठनहरुले पार्टीको झण्डा जलाएको विरोधमा काठमाडौंमा मशाल जुलुस निकालेका छन् ।


ADVERTISEMENT


बिहीबार राति दाङको तुलसीपुरमा पार्टीको झण्डा जलाएको विरोधमा उनीहरुले शुक्रबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा मशाल जुलुस निकालेका हुन् ।


ADVERTISEMENT

# # #


नारावाजीसहित मशाल जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरी निभाएको थियो । जनताबाट पराजयको डरले एमालेको चूनावी अभियानलाई बिथोल्नका लागि पार्टीको झण्डा जलाएने काम भएको युवा संघका अध्यक्ष महाराज गुरुङले बताएका थिए ।

उनले निर्वाचन नै भाड्न खोज्ने गरी भएको कामका विरोध गर्दै यस्ता कामलाई निस्तेज पार्ने उल्लेख गरे । गुरुङले एमालेका जनवर्गीय संगठन संविधानलाई जोगाउनका लागि डटेर लाग्ने बताए ।

आफ्नो पार्टीको झण्डा जलाइएपछि एमालेले उक्त घटनाको भत्र्सना गर्दै झन्डा जलाउनेहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारबाही गर्न माग समेत गरेको छ ।