काठमाडौँ – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लवले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।


ADVERTISEMENT


सोमबार सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले पुलिस क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT

# # #


जावलाखेलको जितमा निकोलस ओडाने ह्यामिल्टनले खेलको १८ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको २६ औं मिनेटमा युवराज ढकालले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाएका थिए । खेलको ७८ औं मिनेटमा विकास दर्लामी मगरले जावलाखेललाई ३–० को जित दिलाए ।

जितसंगै ६ खेल खेलेको जावलाखेलको ९ अंक भएको छ भने समान खेल खेलेको पुलिसको ४ अंक रहेको छ ।