काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी ओडीआई क्रिकेट लिग–२ अन्तर्गत आगामी मार्च १० देखि काठमाडौँमा हुने त्रिकोणात्मक सिरिजका लागि २० खेलाडीलाई क्याम्पमा बोलाएको छ ।


ADVERTISEMENT


ओमान र युएईविरुद्धको सिरिजका लागि क्यानले शुक्रबार रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टोली क्याम्पमा बोलाइएको हो । क्याम्पमा इशान पाण्डे, शाहब आलम, रिजन ढकाल, हेमन्त धामी, अर्जुन साउँद र आकाश चन्दलाई मौका दिइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै क्याम्पमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बासिर अहमद, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, शेर मल्ल रहेका छन् ।

सोही क्याम्पबाट नेपालको अन्तिम १५ सदस्यीय टोली घोषणा हुनेछ । नेपालले १० मार्च (फागुन २६ गते) ओमानविरुद्ध मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । यस्तै दोस्रो खेल १४ मार्च (फागुन ३० गते) युएईविरुद्ध, तेस्रो खेल १६ मार्च (चैत्र २ गते ओमानविरुद्ध र अन्तिम खेल २० मार्च (चैत्र ६ गते)मा युएईविरुद्ध खेल्दैछ ।

नेपालका दोस्रो, तेस्रो र अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।