सप्तरी – नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व सांसद दानालाल चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


सप्तरीको क्षेत्र न. ३ को शम्भुनाथ नगरपालिका वडा नम्बर ३ कचन्दाहाका चौधरीलाई शनिवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गम्छा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।


ADVERTISEMENT

# # #


०५१ सालको मध्यावधी निर्वाचनमा नेकपा एमालेबाट तत्कालिन क्षेत्र नम्बर ४ बाट चौधरी सांसद पदमा निर्वाचित भएका थिए ।

पछिल्लो समय उनी नेपाली कम्युनिष्ट पार्टीमा सक्रिय रहँदै आएका थिए । पुराना कम्युनिष्ट नेताका रुपमा परिचित उनी सप्तरीमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।