काठमाडौं – प्रधानमन्त्री बालेंद्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गरेका थिए। साथै, उनले नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा दुई देशबीच मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।
भेटमा नेपाल–भारतबीच आर्थिक तथा विकास साझेदारी, पारस्परिक हितका विषय र आगामी दिनमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।
प्रधानमन्त्री शाहले दुई देशबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखेका छन्।


























































