काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरुबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चूनावी सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच वर्षे योजनासहितको मुद्दामा बहस र प्रतिष्पर्धा हुने अपेक्षा आफुले गरे पनि त्यसो हुन नसक्नु दुर्भाग्य भएको बताएका हुन् । उनले आफूले कीर्तिपुरको डाँडामा देखेको सपना देखेको जस्तै, अर्कोले पनि सपना देखेको होला भन्ने आफ्नो अपेक्षा यसपटक चुनावमा हुन नपाएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


त्यस्तै सभापति थापाले अहिलेको चुनाव विशेष परिस्थितिमा हुन लागेकाले जो जिते पनि हारे पनि नेपाल हार्न नहुने भन्दै उत्तेजनाको भाषा नबोल्न आग्रह गरे । जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका छोराछोरीका आमाबुबालाई कम्तीमा देश सुशासनको बाटोमा हिँडेको भन्ने भरोसा दिलाउन सक्नुपर्ने उनले बताए ।

सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त बनाएर सुशासन कायम गर्नका लागि कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने धारणा राखे ।

अहिले सामाजिक सञ्जालमा चलेको हल्लालाई आफुले अस्वभाविक नमान्ने भन्दै उनले सामाजिक सञ्जाल घृणाको भाषा बोल्नेको पक्षमा हुने संसारभर देखिएको बताए ।