काठमाडौँ – रामेछापमा निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटनामा परेको छ । सोमबार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।


ADVERTISEMENT


जिप भीरबाट खस्दा एक जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । मृत्यु भएका व्यक्ति सुरक्षाकर्मी हुन् । उनको पहिचान खुल्न बाँकी छ ।


ADVERTISEMENT

# # #


जिपमा १०–११ जना सवार रहेको जनाइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।