काठमाडौँ – कास्की जिल्लामा आगामी २१ गते हुने निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु ५२ प्रकारका मतदान सामाग्रीसहित सोमबारदेखि मतदान केन्द्रमा खटिएका छन् ।
कास्की जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार १ लाख ६० हजार १ सय ५३ जना महिला, १ लाख ४८ हजार ४ सय १५ जना पुरुष र ४ जना अन्यगरी जम्मा ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेका छन । विभिन्न १८ दल ,अन्य ६ स्वतन्त्र र ५ महिला सहित ४९ जना उमेदवारले निर्वाचनका लागी उमेदवारी दिएका छन ।
जिल्लाका १ सय ५३ मतदान स्थल र ३ सय ६३ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्रका लागी खटिने २१ सय ८४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु मतदान सामाग्री, खटिने सुरक्षाकर्मी लगायत कर्मचारी सहित मतदान केन्द्रमा गएका छन भने १ हजार ९२ जना स्वंमसेवक परिचालन गरिने निर्वाचन कार्यालय पोखराका सुचना अधिकृत रुद्र न्यौपानेले जानकारी दिए ।
मतदान केन्द्रमा जानुअघि निर्वाचनमा खटिएका सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचनका बेला अपनाउनु पर्ने सर्तकता र सुरक्षित तबर बाट सम्पन्न गर्नका लागी सचेतना कार्यक्रम गरिएको थियो ।


























































