काठमाडौं – नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो।


ADVERTISEMENT

# # #


यसअघि आइतबार प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार एकैपटक ८ हजार १ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ तथा प्रतिदश ग्राम ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्यमा परिवर्तन देखिएको महासंघले जनाएको छ।