काठमाडौं – प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा मतदान गर्न आफ्नो क्षेत्र फर्कनेहरुको संख्या बढ्दै गएको छ ।


ADVERTISEMENT


निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक विदा दिएपछि मताधिकार प्रयोग गर्न आफ्नो क्षेत्र फर्कनेहरुको संख्या बढ्दै गएको हो । पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुको संख्या बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मतदाता भोट हाल्नका लागि आफ्नो क्षेत्रमा फर्केसंगै अन्य दिनको तुलनामा काठमाडौंमा सवारी चाप केहि कम देखिएको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम रहेका छन् भने मतदानका लागि २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएको छ ।