काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् ।


ADVERTISEMENT


सभापति थापाले काठमाडौंको मैतीदेवी मन्दिरस्थीत मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसंग कुरा गर्दै थापाले प्रतिनिधिसभा निर्वाचनले दिने म्यानडेड ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताए ।


ADVERTISEMENT

# # #


संविधान लिकभन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भयलाई निर्वाचनले चिर्ने काम गरेको उनले बताए । “संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो । त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो”, उनले भने, “निर्वाचन हुने नहुने द्विविधाकाबीच देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।”

उनले निर्वाचन हुने नहुने द्विविधाकाबीच देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको भन्दै खुसी व्यक्त गरे । आफू निर्वाचन प्रचार प्रसारमा होमिदा युवा लगायतको उत्साह र चिन्ता देखिएको भन्दै सबैको चाहना अनुसार मुलुकलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार छन् ।