भादगाउँ, २३ फागुनः भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीको किल्ला तोडिएको छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित विजयी भएका छन् ।
उनले नेमकिपाका सचिव प्रेम सुवाललाई ५ हजार २८९ मतले पछाडि पारीजित हात पारेका हुन्। भर्खरै सम्पन्न मतगणनामा रन्जितले ३३ हजार ४३६ मतले विजयी भएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए ।
रञ्जितका प्रतिस्पर्धी नेमकिपाका सचिव सुवालले २८ हजार १४७ मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाए ।
भक्तपुर–१ मा निरन्तर जित निकाल्दै आएको नेमकिपाले पहिलो पटक हार व्यहोरेको हो । यससँगै नेमकिपाको र्ससदमा उपस्थिति शून्य हुने भएको छ ।



























































