काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् । केहीबेर अघि सम्पन्न मतगणना अनुसार रविलेले ५४ हजार ४०२ मत ल्याएका छन् ।
उनी प्रतिद्वन्द्वी भन्दा ३९ हजार ८३८ मतान्तरसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत पाइन् । यस्तै नेकपा एमालेका अस्मिन घिमिरे ६ हजार ९९२ मत पाएर तेस्रो भए।
रवि यसअघि पनि पहिलो पटक सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, गृहमन्त्री हुँदा नागरिकता प्रकरणमा उनको पद गुमेको थियो । उपनिर्वाचनमा फेरि निर्वाचित हुँदै उनी संसद पुगेका थिए । यो गरी उनी चितवन–२ मा करिब ४ वर्षको अन्तरालमा तेस्रो पटक निर्वाचित भएका हुन् ।



























































