घोराही  – दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।


ADVERTISEMENT


मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शङ्कर पोख्रेलले १५ हजार २८२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी, नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५०९ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले सात हजार ८० मत प्राप्त गरेका हुन् ।