काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको सम्बन्धलाई आगामी सरकारले अझ प्रगाढ बनाउन लाग्ने बताएका छन् । मंगलबार बालेन र रास्वाप सभापति रवि लामिछानेलाई शुभकामना दिँदै मोदीले गरेको पोस्टमा कमेन्ट गर्दैै बालेनले शुभकामनाका लागि धन्यवाद समेत दिएका छन् ।


ADVERTISEMENT


उनले नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन सँगै सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


साथै बालेनले लगातार दुई पटक आईसीसी टी–२० विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गरेका छन् ।

उनले भनेका छन्, ‘ धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री@narendramodi ज्यु । नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।’

गन फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले ऐतिहासिक जनमत (झण्डै दुई तिहाई) प्राप्त गरेपछि बालेन र रास्वपा सरकार निर्माणको गृहकार्यमा जुटेका छन् । उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा निर्वाचनमा गएका थिए ।

जहाँ उनले नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीलाई करिब ५० हजार मतान्तरले हराउँदै संघीय संसदको यात्रा तय गरेका थिए ।