काठमाडौँ – खाना पकाउने ग्यास वितरणमा समस्या देखिएपछि आम उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।
सरोकारवाला निकायले नेपालमा प्रयाप्त मात्रामा ग्यास आपूर्ति भइसकेको दाबी गरेपनि सहज रुपमा उपलब्ध हुन नसक्दा आम उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन् । सहज रुपमा ग्यास नपाएपछि उपभोक्ताहरु खाली सिलिण्डर लिएर भौतारिरहेका छन् भने वितरण केन्द्रमा लामो लाइन देखिएको छ ।
ग्यासको सहज वितरणमा समस्या देखिएपछि आयल निगमले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्रि वितरण हुने जनाएको छ । मध्यपूर्वमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको आपूर्तिको समस्याको प्रभाव नेपालमा पनि देखिन सक्ने भएकाले सहज व्यवस्थापन गर्नुपर्ने उपभोक्ताहरुको भनाइ छ ।


























































