काठमाडौँ – प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत सोमबारदेखि देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम आरम्भ गरेको छ ।
सोही अनुसार बैँकको काठमाडौँस्थित बौद्ध शाखाले साना र मझौला उद्यम व्यवासाय गर्ने ४७ जना व्यवासायीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा सहभागीहरुलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रक्रिया तथा कागजात सम्बन्धी विषयको जानकारीका साथै वित्तीय संस्थाबाट वित्तपोषणको लागि आवश्यक योग्यताहरुको बारेमा समेत जानकारी गराइएको छ ।
प्रभु बैंकले नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढी ग्राहकहरुलाइ गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।



























































