काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छिन् ।


ADVERTISEMENT


निर्वाचन सम्पन्न भएपछि देशका बिभिन्न स्थानको भ्रमणमा निस्कएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी हुन् ।


ADVERTISEMENT

# # #


सो क्रममा प्रधानमन्त्री कार्कीले जानकी मन्दिर परिसरमा रहेको सीता राम मन्दिरमा दर्शन गरि किर्तनमा समेत सहभागी भएको थियो ।

जानकी मन्दिरको दर्शन गरेपछि प्रधानमन्त्री कार्कीले शान्ति महशुस भएको संक्षिप्त प्रतिक्रिया दिइन ।

त्यसअघि प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिन बिहीबार कर्णाली पुगेकी थिइन् ।