काठमाडौं – काठमाडौँको बसन्तपुर क्षेत्रमा जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ।


ADVERTISEMENT


बसन्तपुरस्थित ट्राफिक प्रहरी वृत जनसेवा अगाडि अव्यवस्थित रूपमा पार्किङ गरिएका दुई पाङ्ग्रे सवारी साधनमा ट्राफिक प्रहरीले ह्वील लक गरेको हो।


ADVERTISEMENT

# # #


सडक व्यवस्थापनलाई सहज बनाउन तथा ट्राफिक नियम उल्लङ्घन रोक्न प्रहरीले यस्तो कारबाहीलाई तीव्रता दिएको जनाएको छ। पछिल्लो समय काठमाडौँका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई नियन्त्रणमा लिन ट्राफिक प्रहरीले नियमित रूपमा ह्वील लक गर्ने अभियान सञ्चालन गर्दै आएको छ।

प्रहरीका अनुसार यसले सवारी चालकलाई सचेत गराउने र सडकमा हुने भीडभाड कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, ट्राफिक नियम पालना गर्न सबै सवारी चालकलाई आग्रह गरिएको छ। रासस