काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका ५० वटा दुईपाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
बुधबार रामशाहपथस्थित कार्यालयमा आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले फेला परेका सवारी साधन धनीलाई बुझाएका हुन् ।
प्रहरीका अनुसार फेला पारिएका सवारी साधनमध्ये २७ वटा मोटरसाइकल र २३ वटा स्कुटर रहेका छन्। चोरी वा हराएका सवारी साधन खोजी गरी धनीसम्म पुराउने अभियानलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ।





























































