काठमाडौँ – जेनजी शहीद परिवारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जेनजी शहीद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्दै दोषिमाथि कारवाही गर्न माग गरेका हुन् । उनले आयोगको प्रतिवेदन निष्पक्ष ढंगले कार्यान्वयन हुने आशा रहेको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट आयोग सिफारिस अनुसार कारवाही प्रक्रिया सुरु हुने उहाको विश्वास छ । त्यस्तै उहाले वर्तमान सरकारले पछिल्लो समय जेनजी शहीद परिवारलाई वेवास्ता गरेको गुनासो गरे ।

नयाँ बन्ने सरकारले पनि पुरानै सरकार जस्तो काम गरे शहीद परिवारले सडकबाट प्रतिपक्षीको भूमिका निभाउने उननले बताए ।

उनले नयाँ बन्ने सरकारले जनेजी युवाहरुले उठाएका मागहरुलाई सम्बोधन गर्ने विश्वास व्यक्त समेत गरे । जेनजी शहीद परिवार कल्याणकारी समाजका लागि शहरी बिकास बिभागमा कार्यालय प्रयोजनका लागि ठाँउ समेत उपलव्ध गराएको भन्दै उहाले सरकारप्रति आभार व्यक्त गरे ।