काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका छन् ।
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै वाग्लेले यसपटक जनताले आफुहरुलाई ठूलो विश्वास गरेको मत दिएको भन्दै जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका हुन् । उनले भने, ‘जनताबाट ठूलो जिम्मेवारी आएको छ । यसलाई न्याय गर्ने गरेर हामी अगाडि जान्छौँ ।’
अब बन्ने सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना हुने उनको भनाई छ । त्यस्तै उनले गुणस्तरीय पुनर्निर्माणमा समेत सरकारको ध्यान केन्द्रीत रहने धारणा राखे । उनले भने, ‘हाम्रो आगामी सरकारको प्राथमिकता सुशासन, आर्थिक आर्थिक पुनर्संरचना र गुणस्तरीय पूर्वाधार हुनेछन् ।’
साथै उनले आफूलाई जिताएर संसद पठाउने तनहुँका जनताप्रति समेत आभार प्रकट गरे ।


























































