काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि सरकारी वकिलले माग गरेको छ ।


ADVERTISEMENT


ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जिल्ला अदालतमा जवाफी बहस गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


जरुरी पक्राउ पुर्जीको समर्थनको निवेदन र १० दिन म्याद थप गरी अनुसन्धान गर्नुपर्ने भनी आजै जिल्ला अदालत काठमाडौंमा आज दुईवटा निवेदन परेको थियो ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।

उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठिन आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर हिजो बिहान ओली–लेखकलाई पक्राउ गरिएको थियो ।