काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ ।
च्यासलमा जारी बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने बताइएको छ । दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको चर्चा छ ।
सुहाङ नेम्वाङलगायतले पनि दलको नेतामा दाबी रहने बताएका छन् । पार्टीमा आन्तरिक र बाहिर पनि सुहाङलाई दलको नेताको रूपमा देख्न चाहेको समाचारहरू आइरहेको छ ।
एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सीट सहित २५ जना सांसद छन् । आजको बैठकमा महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने बताइएको छ ।



























































