राहुल गुप्ता, चितवन, नारायणगढ – मारवाडी सेवा केन्द्र नारायणगढको आयोजनामा चैत १९ गते बिहीबार हनुमान जयन्तीको अवसरमा भव्य निशान शोभा यात्रा सम्पन्न भएको छ।


ADVERTISEMENT


मारवाडी समाज नारायणगढका सदस्यहरूको उत्साहपूर्ण सहभागितामा आयोजना गरिएको शोभा यात्रा हरिहर मन्दिरबाट सुरु भई नारायणगढ बजार परिक्रमा गर्दै मारवाडी सेवा केन्द्रको भवनस्थित मन्दिरमा पुगेर समापन गरिएको थियो।


ADVERTISEMENT

# # #


कार्यक्रमका क्रममा केन्द्रका अध्यक्ष पंकज अग्रवालले धार्मिक आस्थाअनुसार मनमा कुनै इच्छा र संकल्प लिएर निशान यात्रा सम्पन्न गर्दा मनोकामना पूरा हुने विश्वास रहेको बताए ।

यसैगरी केन्द्रका कोषाध्यक्ष राकेश हरलालकाका अनुसार गत वर्षदेखि नारायणगढमा सुरु गरिएको हनुमानजीको निशान यात्रा आगामी वर्षहरूमा अझ भव्य र व्यवस्थित रूपमा आयोजना गरिने योजना रहेको जानकारी दिए।

हनुमान जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा स्थानीय भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।