काठमाडौँ नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उनले छानविनको माग गर्दै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजितरूपमा भएको आरोप समेत लगाए ।


ADVERTISEMENT

# # #


एमालेका उपाध्यक्ष थापाले निर्वाचनबाट ठुलो दलसहित विजय हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिए । उनले रास्वपाको अभूतपूर्व विजयीमा नेपाली सेना, कर्मचारीतन्त्र, सुशीला कार्कीको नेतृत्व, कार्की आयोग र बारबारा फाउन्डेसनको मुख्य भूमिका रहेको बताए ।

साथै उनले रास्वपाको विजयमा अदृश्य विदेशी शक्ति, टीओबी, एआई, एल्गोरिदमको समेत भूमिका रहेको आरोप लगाए ।

प्रतिनिधिसभाको निर्वाचनले आफूहरुलाई सानो दलका रुपमा स्थान दिए पनि चुनौतीको सामना गरेर अघि बढ्ने बताए ।