काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार उच्च अंक घटेर बन्द भएको नेप्से , आज सामान्य अंकले बढेर २७८२ अंकमा कायम भएको छ ।
बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १२ अर्ब १० करोडको कारोबार भएकोमा आज ८ अर्ब ८१ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्यो, १५८ को घट्यो भने १२ को स्थिर रह्यो ।
व्यापार सबैभन्दा धेरै २.५३ प्रतिशत बढ्यो । त्यस्तै उत्पादन तथा प्रशोधन १.७६ प्रतिशत, लगानी ०.१५, हाइड्रोपवार ०.०५, होटल तथा पर्यटन ०.३९ तथा विकास बैंक ०.४८ प्रतिशत बढे ।
बैंकिङ ०.११, फाइनान्स ०.८७, जीवन बीमा ०.१९, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह सूचक ०.०२ प्रतिशत घटेको छ ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।
सप्तकोशी विकास बैंकको ७.४२, श्रीनगर एग्रिटेकको ५.७३ प्रतिशत मूल्य बढ्यो । भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै ३.०६ प्रतिशत घट्यो । क्रेस्ट माइक्रोफाइनान्सको २.६५, अभियान लघुवित्तको २.६२ प्रतिशत मूल्य घट्यो ।


























































