काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद खुस्बु ओलीले वैदेशिक ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाएकी छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकमा बोलदै सांसद ओलीले भर्खरै गठन भएको नयाँ सरकारले बिना कुनै योजना र नीतिगत बहसबिना वैदेशीक ऋण स्वीकार गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएकी हुन् ।


ADVERTISEMENT

# # #


संसदीय समिति र उपसमितिहरु समेत गठन नभएको अवस्थामा सरकारले गरेको निर्णय पारदर्शी नहुने सम्भावना रहेको उनको भनाइ छ । उनले वैदेशीक ऋण स्वीकार गर्ने निर्णय प्रति सदनमा सरकारको जवाफ माग समेत गरे ।

त्यस्तै उहाले आगामी आर्थिक बर्षको बजेट वितरणमा समेत एकरुपता ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।