काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज तोलामा ७ हजार २०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २५ रुपैयाँमा किनबेच भइरहेको हो ।


























































