काठमाडौं – रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रामबहादुर थापा बादललाई भूतले छलेको भन्दै भूत झार्ने झाँक्रीको व्यवस्था गर्नुपर्ने टिप्पणी गरे।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूत आज कमरेड बादललाई पनि छलेको देखिन्छ। त्यसैले म सरकारसँग जोडदार माग गर्दछु एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्। आज कारागारको ढोका भित्र हुनुपर्ने अपराधी हस्पिटलको बेडमा छ। त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदै छ।
उनले जेनजी आन्दोलनको माग, न्याय, समानता र अधिकार कसैले कहिल्यै पनि बिर्सिन नहुने बताएका छन्। बालेन शाह नेतृत्वको सरकार जेनजी रक्त रञ्जित आन्दोलनको बलिदान माथि बनेको बताएका छन् । ,उनले भने, ‘कहिले जेनजी घाइतेहरूको रोजगारी सुनिश्चित हुन्छ ? कहिले मृतक परिवारले न्याय पाउँछ ?’


























































