विराटनगर- बिराट हेल्थकेयर इन्डस्ट्रिज र देशकै चर्चित निजी वायु सेवा कम्पनी यति एयरलाइन्सबीच एक महत्त्वपूर्ण साझेदारी भएको छ।


ADVERTISEMENT


यस साझेदारी अन्तर्गत बेबीको प्रिमियम डायपर्सका उपभोक्ताका दुई वर्षमुनिका शिशुहरूले यति एयरलाइन्समा निःशुल्क उडानको सुविधा पाउने बिराट हेल्थकेयर इन्डस्ट्रिजले जनाएको छ।


ADVERTISEMENT

# # #


साथै यति एयरलाइन्समा उडानका क्रममा शिशु र आमालाई आइपर्ने समस्यालाई मध्यनजर गर्दे दुई वर्षमुनिका शिशुलाई बेबीको प्रिमियम डायपर्स २ वटा र आमालाई ह्वाइट मून स्यानिटरी प्याड २ वटा वितरण गर्ने कम्पनीले जनाएको छ।

सम्झौतापत्रमा बिराट हेल्थकेयर इन्डस्ट्रिजका तर्फबाट सीईओ (CEO) डा.निकिता कार्की र यति एयरलाइन्सको तर्फबाट प्रमुख व्यवसाय अधिकृत युवराज बिष्टले हस्ताक्षर गरे ।

यो अभियानले नेपालको शिशु स्याहारमा नयाँ आयाम थपेको छ। यस संयुक्त पहलले आमाबाबुको मनमा बालबालिकाको यात्राप्रति रहने चिन्तालाई सम्बोधन गर्दै शिशु यात्रालाई थप सहज बनाउने उद्देश्य राखेको छ।

बिराट हेल्थकेयर इन्डस्ट्रिज नेपालमा बेबीको प्रिमियम डायपर्स तथा ह्वाइट मून स्यानिटरी प्याड्सका उत्पादक र वितरकका रूपमा परिचित छ। कम्पनीले नेपाली बजारमा आफ्ना उत्पादनहरूको माध्यमबाट आमा र शिशुको स्वास्थ्य सुरक्षामा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

यस साझेदारीले दुवै कम्पनीलाई नयाँ ग्राहकहरूसम्म पुग्न र ब्रान्ड विश्वसनीयता बढाउन उल्लेखनीय मद्दत गर्ने अपेक्षा गरिएको छ। विशेष गरी नेपालमा घरेलु उड्डयन क्षेत्र विस्तार हुँदै गरेको सन्दर्भमा यस्ता अभिनव साझेदारीहरूले उपभोक्ताको अनुभवलाई अझ समृद्ध बनाउने र शिशु भएका परिवारको यात्रा गर्दा सहज हुने विश्वास गरिएको