काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुखको निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धोका दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारको पक्षमा बोल्दै शाहीले एकातिर आफूलाई आश्वासन दिने र अर्कोतर्फ श्रम संस्कृतिलाई साथ दिने रास्वपाको चरित्रले पुराना र नयाँबीच केही फरक नरहेको स्पष्ट भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हाम्रा लागि एकथान उपसभामुख पद प्राथमिकता थिएन र छैन, फेरि पनि संसदको सबै भन्दा ठूलो दलबाट प्रस्ताव आएपछि उम्मेदवारी दिने निर्णय गरेका थियौँ ।’ तर, हिजोका राजनीतिक दल र आजका राजनीतिक दलबीच साइनबोर्ड फरक भए पनि विधिको सिद्धान्त र विचारको नाभी एउटै भएको प्रष्ट भएको उनले बताए ।

साथै उनले रास्वपाले दिएको धोकाबाट ठूलो पाठ सिकेको बताए । ‘एउटा कथन छ, युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भनेजस्तै राजनीतिमा आश्वासन र धोका पनि जायज हुँदोरहेछ भन्ने कठोर यथार्थ बुझ्दैछौँ ।’ उनले भने, ‘अब बोली भन्दा बढी संकेत बुझ्नुपर्ने कुरा सिक्दैछौँ । किनकी बोलीको कुनै भर हुँदोरहेनछ । उनले पार्टी र विचार फरक भए पनि मैँले आदर्श मानेका व्यक्तिबाट सिकेको राजनीतिक संस्कारका लागि धन्यवाद भन्न चाहन्छु ।’

आज उपसभामुख पदमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारीको भिड्दैछन् ।