काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको मतदान प्रक्रियामा रुबीकुमारी निर्वाचित भएकी हुन् ।


ADVERTISEMENT


आजको प्रतिनिधिसभाको बैठकमा २५६ जना सांसद उपस्थित थिए । जसमध्ये रुबी कुमारीलाई सांसद २२९ प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा जनाले मतदान गरेका छन् ।


ADVERTISEMENT

# # #


रुबी कुमारी ठाकुरले पाएको मत प्रतिनिधिसभाको तत्काल कायम रहेको सदस्य संख्या (२७५) को बहुमत रहेको भन्दै सभामुख डोल प्रसाद अर्यालले रुबी कुमारी उपसभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

यस्तै रुबी कुमारीको विपक्षमा ५ मत परेको छ भने २२ जना सांसद तटस्थ बसेका छन् । रुबीकुमारीलाई प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीले मत दिएका छन् ।

यस्तै नेकपा एमाले भने यस प्रक्रियामा तटस्थ बसेको छ । उसले कसैलाई मत दिएन । यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना उम्मेदवार सरस्वती लामालाई मत दिएको हो ।