काठमाडौँ – पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरसिंह चोकको सडकसम्म आउने यात्रुहरुको लागि आगामी तीन महिनासम्म निःशुल्क बस सेवा सुरु गरेको छ ।


ADVERTISEMENT


नयाँ वर्षको अवसर पारेर सुरु भएको सुविधासम्पन्न इलेक्ट्रिक सटल बस सेवा आगामी असार मसान्तसम्म निःशुल्क रुपमा सञ्चालन हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् ।


ADVERTISEMENT

# # #


नयाँ वर्ष प्रवेशको अवसर पारेर बैशाख १ गते दिउसो ३ बजे पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट निशुल्क बस सेवा शुरु भएको उनले बताए ।

असार मसान्तसम्म मात्र सेवा दिनुभन्दा यस किसिमको सेवा नियमित हुनसके आमसर्वसाधारण र पर्यटकहरु लाभान्वित हुने र विमानस्थलबाट पृथ्वीचोकसम्म यस किसिमको बस सेवा उपलब्ध हुनसके धेरैलाई सहज हुने कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बताए ।

विमानस्थल हुँदै पोखरामा आउने यात्रुहरुले विमानस्थलबाट ट्याक्सी वा अन्य सेवा महँगो र भरपर्दो नभएको भनेर गुनासो आइरहेको बेला पोखरा महानगरपालिकाले सुरु गरेको यो सेवालाई सकारात्मक रुपमा लिएर निरन्तरता दिनु पर्ने सुझाब सर्वसाधारणले दिएका छन् ।

पोखरा महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था र मोटर सञ्चालन कम्पनीहरूको साझेदारीमा यो सेवा सुरु गरिएको यो सेवा पोखरा महानगरले आंफ्नो पाइलटिङ कार्यक्रमका रूपमा केही महिनाका लागि निःशुल्क उपलब्ध गराउन लागेको हो ।