काठमाडौँ – बागलुङको बडिगाड गाउँपालिका–७ मा भारतीय सहयोगमा भिमगिठे स्वास्थ्य चौकीको निर्माणका लागि शिलान्यास भएको छ ।


ADVERTISEMENT


बिहीबार बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।


ADVERTISEMENT

# # #


भारत सरकारको आर्थिक सहयोग करिब २.५ करोड नेपाली रुपैयाँमा यो स्वास्थ्य चौकीको निर्माण हुन लागेको हो । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना बागलुङको बडिगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

बडिगाड गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे र नयाँ संरचनाले बडिगाड गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नजिकका छिमेकीको रुपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ ।