काठमाडौँ – बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा भक्तपुर अस्पतालको निरीक्षण गरेका छन् । मुख्यमन्त्री बानियाँले शुक्रबार अस्पताल पुगेर अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाहको अनुगमन गरेका हुन् ।
अनुगमनपश्चात बोल्दै मुख्यमन्त्री बानियाँले अस्पतालको पुरानो भवन बनाउन मन्त्रिपरिषदले सुनिश्चित गरेको ६२ करोड रूपैयाको प्रक्रियालाई तुरुन्त अन्तिम रुप दिने प्रतिबद्धता व्यक्त गरे ।
संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको समेत सहभागी रहेको टोलीलाई अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठ र निर्देशक डा. सुरेन्द्र भट्ट लगायतबाट स्वागत तथा अस्पतालको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।






























































