काठमाडौं–सरकारले यस वर्षको गणतन्त्र दिवसमा ८ सयभन्दा बढी कैदी–बन्दीको कैद मिनाहा गर्ने भएको छ । कैद मिनाहाका लागि सरकारसमक्ष नाम सिफारिस गरिएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन् ।


ADVERTISEMENT


सरकारले प्रत्येक वर्ष विशेष अवसरमा कानुनअनुसार कैद मिनाहा गर्न मिल्ने कैदी–बन्दीको कैद मिनाहा गरी उनीहरूलाई छाड्दै आएको छ ।


ADVERTISEMENT

# # #


विभागका अनुसार अहिलेसम्म देशभरिका कारागारमा २० हजार ८ सय १५ कैदी–बन्दी रहँदै आएका छन् । यसमध्ये पुरुष १८ हजार ३ सय ३६, महिला १ हजार ३ सय २७, विदेशी १ हजार ६९ र बालबालिका २ सय ५८ जनाले कैद भुक्तान गरिरहेका छन् । यस्तै काभ्रेपलाञ्चोकमा २० जना र लमजुङमा २ जना मानसिक बिरामी कैदीबन्दी रहेका छन् ।

अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व कार्यालयलगायतले कारागारमा थुनुवा वा कैदी पठाउन सक्ने व्यवस्था छ । सरकारले सुधारगृहका जेलहरूको स्तरोन्नति गरी विभिन्न सीपमूलक तालिम दिने भने पनि कार्यान्वयन हुन सकेको छैन । – आजको नेपाल समाचारपत्रबाट