काठमाडौं–महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भए शिक्षकको तलब वृद्धि रोकिने प्रावधानसहितको शिक्षा नियमावली २०७४ कायौन्वयनमा ल्याएको छ ।


ADVERTISEMENT


राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्था गरिएको हो । नियमावलीमा कुनै पनि शिक्षकले अध्यापन गरेको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भए त्यस्ता शिक्षकको तलब वृद्धि रोकिने प्रावधान रहेको छ ।


ADVERTISEMENT

# # #


महानगरपालिकाले कार्यान्वयनमा ल्याएको शिक्षा नियमावलीमा प्रधानमअध्यापक र शिक्षकको नियुक्ति तथा काम कर्तव्य र अधिकार शीर्षको २०औँ बुँदामा यस्तो व्यवस्था रहेको छ । – आजको नागरिक दैनिकबाट