काठमाडौं–आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटाका अनुसार आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू यी हुन् ।


ADVERTISEMENT


यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु


ADVERTISEMENT

# # #


  • सरकारको २०७५/७६ को नीति तथा कार्यक्रम पारित भएकोमा र सहयोग गर्ने सबै माननीय सांसदहरुलाई धन्यवाद दिने निर्णय ।
  • स्वच्छिक अवकाशमा गएका कर्मचारी कसैले निवेदन फिर्ता लिन चाहेमा फिर्ता लिन अनुमति दिने निर्णय ।
  • प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय ।
  • नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच भएको श्रम समझदारी पत्र नविकरण गर्ने निर्णय ।
  • श्रम नियमावली २०७५ स्वीकृत गर्ने निर्णय ।
  • २०७४ साउन ८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ६ को ४ किलो भन्ने स्थानमा गएको पहिरो हटाउने क्रममा ज्यान गुमाएका ४ जना प्रहरीका परिवारलाई १० लाखको दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय ।
  • शिक्षाको अधिकार सम्बन्धि विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्को सैद्दान्तिक सहमति दिने निर्णय ।