काठमाडौं – गृह मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफैसँग राख्ने भएका छन् ।
गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि रिक्त भएको मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री शाहले आफैसँग राख्ने प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ। तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ प्रेस विज्ञ दाहालले हिमालयपोष्टसँग भनिन्।


























































