हेटौंडा — बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सेवा प्रवाहलाई प्रविधिमैत्री, सेवाग्राहीमैत्री र गुनासोरहित बनाउने उद्देश्यसहित विस्तृत छलफल कार्यक्रम आयोजना गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सभाहल मा आयोजित उक्त कार्यक्रममा यातायात व्यवस्था कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहमा देखिएका समस्याहरूको समीक्षा गर्दै सुधारका ठोस उपायहरूबारे संयुक्त प्रस्तुतीकरण गरिएको थियो।


ADVERTISEMENT



कार्यक्रममा सेवा प्रवाहका वर्तमान प्रक्रियागत चरणहरू, सुधारका कानुनी तथा प्रशासनिक आधार, क्षेत्रगत समस्याहरू तथा तत्काल सुधार गर्न सकिने विषयहरूमा गहन छलफल भएको थियो। साथै सेवा सरलीकरण, प्रविधिको अधिकतम प्रयोग, भिडभाड नियन्त्रण र विचौलिया अन्त्यका लागि आवश्यक ऐन, नियम, कार्यविधि, परिपत्र तथा क्यातधबचभ र ब्उउष्अिबतष्यल मार्फत गर्न सकिने सुधारका क्षेत्रहरू पनि पहिचान गरिएको थियो।
छलफलमा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी निर्धारण गर्दै नागरिकले प्राप्त गर्ने सेवामा सहजता, पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्ने लक्ष्य राखिएको जनाइएको छ।


ADVERTISEMENT

# # #



कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री प्रभातकुमार तामाङ र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
यसैगरी बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिवद्वय रामबाबु पुरी र बाबुराम गौतम, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम भुसाल लगायत मन्त्रालयअन्तर्गतका सबै कार्यालय प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमबाट यातायात सेवा प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा ठोस नीतिगत तथा कार्यान्वयनयोग्य सुधारका उपायहरू अघि बढाइने अपेक्षा गरिएको छ।