हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेशले एक महिने ‘जरा अभियान’लाई प्रभावकारी बनाउन काठमाडौं जिल्ला क्षेत्र नम्बर २ का लागि पुरुषोत्तम ठकुरीलाई प्रदेश प्रतिनिधिको जिम्मेवारी दिएको छ।


ADVERTISEMENT


प्रदेश सभापति इन्द्रबहादुर बानियाँद्वारा जारी पत्रमा अभियान सफल बनाउन स्थानीय तह, क्षेत्रीय तथा जिल्ला कार्यसमितिसँग समन्वय गर्दै सक्रिय रूपमा परिचालन हुन निर्देशन दिइएको छ।


ADVERTISEMENT

# # #


तोकिएको जिम्मेवारीअनुसार अभियान सञ्चालन गरी प्रगति विवरण प्रदेश कार्यालयमा बुझाउनसमेत आग्रह गरिएको छ। कांग्रेसले आफ्नो विचार, सिद्धान्त र मूल्यअनुसार अभियानलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। सभापति बानियाँले जिम्मेवारी बहन गर्दै नेतृत्वदायी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन्।