काठमाडौं – सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा नारायण दत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक नारायण दत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकले सुरक्षित मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय गरेको छ भने भने भन्सार नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय भएको पोखरेलले बताए ।

उनले वर्तमान सरकारको एक महिनामा भएका कामहरु लक्ष्य अनुसार नै सम्पन्न भएको भन्दै अव सय दिनमा गर्ने कामको दिशामा अघि बढेको उल्लेख गरे । त्यस्तै प्रवक्ता पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुनः भाडा सम्झौता हुने भएकाले क्रिकेट मैदान भत्कने अवस्था नआउने बताए ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको छलफलका क्रममा समेत मैदान भत्काउने नभइ भाडा सम्झौताको सकिएको अवधिलाई थप गर्ने बिषयका कुरा भएको उहाले प्रष्ट पारे ।