काठमाडौं – सांसदहरुले निजी क्षेत्रको मनोवल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरुले निजी क्षेत्रको मनोवल अहिले खस्किएको भन्दै मनोवल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने सुझाव दिएका हुन् । साथै उनीहरुले आगामी बजेटलाई नजितामूखी बनाउन केन्द्रीत गर्नुपर्ने धारणा समेत राखेका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा सांसद लिमा अधिकारीले निजी क्षेत्रको मनोवल उच्च बनाउन सके मात्रै आर्थिक क्षेत्र चलायमान हुने भएकाले यसमा ध्यान दिनुपर्ने र समितिका तर्फबाट पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले मुलुकको कर प्रणाली सुधारका साथै अर्थतन्त्रको दायरा बढाउने बिषयमा पनि बिज्ञहरुसंग छलफल गर्नुपर्ने सुझाव दिए । बित्तिय सुशासन कायम गर्न निगरानीमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै सांसद पुष्पराज कंडेलले अत्यावश्यक भन्दा पनि अन्य ठाँउमा स्रोत बिनियोजन गर्ने प्रवृतिलाई रोक्नुपर्ने बताए । साधन स्रोत बिनियोजनमा हुने दूरुपयोग रोक्नका लागि पनि आगामी दिनमा ध्यान दिनुपर्ने उनले बताए ।