काठमाडौं – नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फको फाइनलमा पुगेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस क्लब फाइनलमा पुगेको हो । लगातार चौथोजित हासिल गर्ने क्रममा पुलिसले २१–२५, २५–१९, २९–२७, २५–२१ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
अव फाइनलमा पुलिसले न्यु डायमण्डसंग शनिबार उपाधीका लागि प्रतिष्पर्धा गर्नेछ । त्यसअघि लिग चरणको अन्तिम खेलमा पनि पुलिस र न्यु डायमण्डबीच बिहीबार प्रतिष्पर्धा हुने छ ।
त्यस्तै बुधबार भएको महिलातर्फको अर्को खेलमा एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो । खेलमा एभरेष्ट २०–२५, २५–१५,२५–१४,२५–१९ ले बिजयी भएको हो ।


























































