काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले छिटो छरितो रुपमा तत्काल गर्नुपर्ने कामलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याएको प्रष्ट पारेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकले सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा पार्टीलाई लाभ पुग्ने खालको नभइ तत्काल गर्नुपर्ने कामलाई सहज बनाउनका लागि ल्याइएको प्रष्ट पारेको हो ।


ADVERTISEMENT

# # #


बैठकपछि रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले एउटा व्यक्तिलाई या कुनै एउटा समूहलाई लाभ पुग्ने भन्दा पनि झन्झटिलो प्रक्रियाहरूबाट अगाडि बढ्ने सन्दर्भमा सरकारले अध्यादेश ल्याएको बताए । उनले सांसदहरुले भोग्नुपरेका समस्या, कानूनी सुधारका साथै आगामी आर्थिक बर्षको नयाँ बजेटका बारेमा समेत बैठकमा छलफल भएको जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानलेले जनताको मत जित्दै प्रभावकारी रुपमा काम गर्न सांसदहरुलाई निर्देशन दिएको मुख्य सचेतक बुर्लाकोटीले बताए । उनले संघीय संसदको अधिवेशन आह्वानका लागि पनि तयारी भइरहेको भन्दै यसबारे सरकारले छिटै निर्णय गर्ने जानकारी पाएको उल्लेख गरे ।